Saturday, September 21, 2019

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु भन्छन,–‘‘पानी पनि पिउन पाईएन’’

प्रकाशित मिति: 2019/04/07

२४ चैत, सुर्खेत । बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् । शनिबार बेलुका भारी असिना वर्षाले बाढी र पहिरो आएको छ ।
दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने दहीखोलामा पहिरो खसेको छ । पहिरो पन्छाउन ढिलाइ हुँदा दुई दिनदेखि यात्रु समस्यामा परेका छन् । दैलेखबाट गएको डोजरले शनिबार दहीखोलाको पहिरो हटाउन नसकेपछि यात्रुहरु अलपत्र परेका हुन् । कतिपय यात्रु जोखिम मोलेर पहिरो पार गरिहेका छन् ।
पहिरो गएको ठाउँ नजिक खानेकुरा र पानीसमेत नहुँदा बिचल्ली भएको यात्रुहरुको भनाइ छ ।
पानी बेलाबेलामा परिरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सडक डिभिजन कार्यालयका कर्मचारी लागिरहेका छन् ।

यसैबीच सडक डिभिजन कार्यालय जुम्लाले बिभिन्न स्थानमा गएका पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । डिभिजन कार्यालय जुम्लाका अनुसार यस पटक पनि गगनेखोलाको पहिरोले बाटो अवरुद्ध भएको छ । 

तपाईंको बिचार