Saturday, September 21, 2019

सुनसरीको धरानमा बस दुर्घटना ४ जनाको मृत्यु, दर्जनौ घाईते

प्रकाशित मिति: 2019/04/08

२५ चैत, काठमाडौं । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

तपाईंको बिचार