Tuesday, May 21, 2019

कांग्रेसप्रति जनताको बितृष्णा बढ्यो :प्रकाशमान सिंह

प्रकाशित मिति: 2019/04/11

२८ चैत, काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको आर्थिक गतिविधि अपारदर्शी भएको आरोप लगाएका छन् । कांग्रेस जिल्ला कोषाध्यक्षहरुको पोखरामा आयोजित तेस्रो राष्ट्रिय भेलामा सहभागी हुन आइपुगेका सिंहले पार्टी आर्थिक गतिविधिमाथि प्रश्न उठाएका हुन् ।

सिंहले आर्थिक पारदर्शिताको प्रसंग उप्काए पनि त्यसबारे थप पुष्ट्याइ भने गरेनन् ।  
विगतमा जनताले आशा भरोसा गरेको कांग्रेसप्रति आकर्षण कम हुँदै जानु गम्भीर समिक्षाको विषय भएको भन्दै उनले जिम्मेवार रुपमा सोचेर आआफ्ना जिल्लाका पार्टी संगठनका काममा लाग्न उनले कोषाध्यक्षहरुलाई निर्देशन दिए ।
विधि र प्रक्रियाविपरीत पार्टी नेतृत्वअघि बढेको आरोप पनि नेता सिंहले लगाए । पार्टी एकपछि अर्को संकटमा फस्दै गएको उल्लेख गर्दै उनले विधि प्रक्रियाअनुरुप अघि नबढे कांग्रेसलाई चुनौतीको पहाडहरुले थिच्ने चेतावनी दिए ।
 

तपाईंको बिचार