Saturday, August 24, 2019

बझाङमा ४.८ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: 2019/04/15

२ वैशाख, काठमाडौं । बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय तथा भौतिक क्षति भने नभएको बझाङ प्रहरीले जनाएको छ ।
गोरखा केन्द्रविन्दु भएर ०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पपछि लामो समयसम्म पराकम्पको महसुस भएको थियो । केन्द्रका अनुसार, सोमबार बिहान बझाङ केन्द्रबिन्दु भएर नयाँ भुकम्प गएको हो । 
 

तपाईंको बिचार