Saturday, October 19, 2019

कास्कीमा आलु महोत्सब सम्पन्न, ६५ हजारले अवलोकन गर्दा २५ लाखको कारोबार

प्रकाशित मिति: 2019/04/15

२ वैशाख, पोखरा । विष्णुपादुका क्लबले कास्कीको हेमजामा आयोजना गरेको दशौँ राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोवार भएको छ ।
‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोवार भएको हो ।
गत चैत २२ देखि वैशाख १ गतेसम्म आयोजित सो महोत्वसमा ६५ हजार दर्शकले अवलोकन गरेको झाँकी तथा खरीद–बिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।
महोत्सवअन्तर्गत आयोजित राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा प्रथम, बाराही रोधिघर पोखरा द्वितीय एवम् दर्पणछायाँ दोहोरी पोखरा र गण्डकी प्रदेश दोहोरी प्रतिष्ठान सान्त्वना हुन सफल भएका थिए ।

त्यसैगरी रत्यौली प्रतियोगितामा नमूना आमा समूह प्रथम, आर्वाविजय आमा समूह द्वितीय र गौरीशङ्कर आमा समूह तृतीय, इन्द्रेणी आमा समूहले सान्त्वना एवम् राधाकृष्ण आमा समूह लुठोमा उत्कृष्ट भई पुरस्कृत भएका थिए ।

तपाईंको बिचार