Sunday, November 17, 2019

बिप्लपको बन्द : उपत्यका बाहिर प्रभावित, काठमाण्डौमा गाडी सरर

प्रकाशित मिति: 2019/04/18

५ वैशाख, काठमाडौं । विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन् । देशकै प्रमुख लाइफ लाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।

दोलखाको चरिकोट बजारमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।
प्रदेश ५ का मुख्य राजमार्गमा बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारी साधनहरु भने न्यून संख्यामा चलेका छन् । मुख्य बजार क्षेत्र बन्द छन् । भित्री सडकका पसलहरु फाट्टफुट्ट खुलेका छन् । शिक्षण संस्थाहरु पनि बन्द छन् । प्रदेश ५ का बाह्रवटै जिल्लाका लागि बस जीप छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट सवार्वजनिक सवारीसाधनहरु चलेका छैनन् ।
यसैबीच, विभिन्न स्थानमा भेटिएको बम तथा शंकास्पद वस्तुले जनजीवन त्रस्त बनेको छ । काभ्रेको पनौती ७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

तपाईंको बिचार