Tuesday, July 16, 2019

यातायात समितिलाई कम्पनीमा लैजान सहजीकरण समिति गठन

प्रकाशित मिति: 2019/04/18

५ वैशाख, काठमाडौं । यातायात समितिलाई कम्पनीमा लैजान गर्नुपर्ने सहजीकरणका लागि सरकारले सात सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिलाई १५ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ । समितिमा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार, गृह मन्त्रालयका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव बसन्त भण्डारी छन् ।
बुधबार बसेको समितिको पहिलो बैठकमा समितिमा भएका सवारी साधनलाई सहज ढंगले कम्पनीमा लैजानेबारे प्रारम्भिक छलफल भएको थियो ।

सरकारले तीन महिनाभित्र देशभरका सबै यातायात समितिलाई कम्पनी मातहत ल्याउने तयारी गरेको छ ।

तपाईंको बिचार