Sunday, November 17, 2019

नेकपाले टुंगो लगायो जिल्ला कमिटी अध्यक्ष र सचिव

प्रकाशित मिति: 2019/04/22

बैशाख ९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको  टुंगो लगाएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
 
लामो समयदेखि सांगठनिक एकीकरणको प्रक्रिया टुंगिन नसकेकोमा आजको बैठकले ७७ जिल्लाको जिल्ला कमिटीहरूको अध्यक्ष र सचिवको बारेमा टुंगो लगाएको र भोलि सार्वजनिक गरिने उनले बताए ।
बैठकले केन्द्रीय कमिटीको एक तिहाई सदस्य रहेको पोलिटब्युरो गठन गर्ने निर्णय गरेको छ । विधानमा पोलिटब्युरोको व्यवस्था भएपनि गठन नगरिएको प्रति स्थायी समिति सदस्यहरु असन्तुष्ट थिए । पोलिटब्युरो सदस्यहरुलाई जिल्ला इन्चार्ज तोक्ने नेकपाले तयारी गरेको छ । 
तत्कालिन एमाले भित्रको माधव नेपाल पक्ष र अध्यक्ष केपी शर्मा ओली पक्षको विवादका कारण नेकपाले जिल्ला नेतृत्व टुङ्ग्याउन सकेको थिएन ।  
नेकपाका बरिष्ठ नेता मावधकुमार नेपाल र महासचिव विष्णु पौडेलले दिनभर बालुवाटार बसेर जिल्ला कमिटीको नेतृत्व बाँडफाँड गरेका थिए । सचिवालय बैठकमा पेश गर्नु अघि सुचीबारे दुई अध्यक्षले छलफल गरेका थिए।  
 

 

तपाईंको बिचार