Friday, July 19, 2019

एक वर्षमा पुनर्निर्माण सकिन्छ :प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2019/04/25

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने दावी गरेका छन् । पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढेको उनको भनाइ छ ।

२०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुगिसके पनि पुनर्निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।
चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठः सिकाएको छ । सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षाै लाग्छ । हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अवको एक वर्षमा पूर्णतामा पुर्याउँछौं ।

 
 
 

तपाईंको बिचार