Tuesday, May 21, 2019

अन्तर प्रदेश परिषद बैठकमा बजेट र योजनाका विषयमा छलफल केन्द्रित

प्रकाशित मिति: 2019/04/26

१३ वैशाख, काठमाडौं । शुक्रबार अन्तर प्रदेश परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा केहीबेरमा सुरु हुने बैठकमा आर्थिक वर्ष २०७६ र ७७ को बजेट र योजनाका विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।

बजेट र योजनामा डुप्लिकेसन नहोस् भन्नका निम्ति राष्ट्रिय समन्वय परिषदको बैठक बस्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

यसअघि गत चैत २१ गते बसेको अन्तर प्रदेश परिषदको बैठकमा मुख्यमन्त्रीहरुले आर्थिक वर्ष २०७६ र ७७ मा कम्तिमा ३३ प्रतिशत बजेट माग गरेका थिए ।

संघ, प्रदेश तथा अन्तरप्रदेश बीचको विवाद समाधान गर्ने विषयमा छलफल गर्ने सम्बन्धी ब्यवस्था संविधानको धारा २३४ मा छ । संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा गृह, अर्थ र मुख्यमन्त्री सदस्य हुने अन्तरप्रदेश परिषदको व्यवस्था छ ।

 

तपाईंको बिचार