Sunday, November 17, 2019

रंगीयो भृकुटीमण्डप, आन्तरीक पर्यटन मेलाको रौनक, प्रवेश निःशुल्क

प्रकाशित मिति: 2019/04/26

बैशाख १३, काठमाण्डौ । आन्तरीक पर्यटन मेलामा अवलोकनकर्ताको भिड बढेको छ । पर्यटन सम्बद्ध होटल, रेष्टुरा, ट्राभल टुरिजम, बिभिन्न पर्यटकीय संघसंस्था, हस्तकला, नेपालका मौलिक संस्कृति रहनसहनका बिभिन्न स्टलहरुले भृकुटीमण्डप सजिएको छ ।  

गन्तव्य नेपाल ग्रुप अन्र्तगत गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘आन्तरीक पर्यटन मेला’ आजबाट सुरु भएको हो । मेलाको पहिलो दिन आज बिहानैदेखि अवलोकन कर्ताको भिड देखिएको छ ।
मेलामा बिभिन्न पर्यटकीय क्षेत्र र सेवाबारे जानकारी दिन स्टलकर्ताहरु लागिपरेका छन । देश चिनाउने अभियान भएकाले सबैलाई सहभागि गराउन प्रवेश निशुल्क गरिएको छ ।
भृकुटीमण्डप प्रदर्शनी हलसहितको चौरमा आज र भोली २ दिन लाग्ने मेलामा ७७ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्र तथा संस्कृतिबारे अवलोकन गर्न सकिने छ ।
पहिले देश अनि बिदेश भन्ने मुल नाराका साथ निजी क्षेत्रबाट पहिलोपटक आयोजना गरिएको मेलामा पर्यटन सम्बद्ध ११२ वटा स्टल रहेको आयोजकले जनाएको छ ।
पहिलो दिनको उद्घाटन कार्यक्रमपछि बोल्दै गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले सरकारको मिसन २०२० लाई सफल बनाउन मेला महत्वपुर्ण हुने भन्दै आज पहिलो दिनमै अवलोकनकर्ताहरु स्वतः स्फुर्त रुपमा मेलामा सहभागी भएकाले देश चिनाउने आफुहरुको अभियान सफल हुने बताए ।
ईभेन्ट म्यानेजमेन्टका संयोजक माधबप्रकाश सुबेदीले निश्वार्थ रुपमा पर्यटकीय क्षेत्र र संस्कृतिको जानकारी दिने आफुहरुको अभियानमा सबै बर्ग र समुदायको साथ सहयोग रहेको भन्दै मेला सफलता उन्मुख भएको बताए ।
  

तपाईंको बिचार