Tuesday, May 21, 2019

आज अन्तर्राष्ट्रिय मजदुर दिवस, सार्वजनिक बिदा

प्रकाशित मिति: 2019/05/01

१८ वैशाख, काठमाडौं । आज मे १ अर्थात १३० औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दै मे १ मनाउंदैछन् । मजदुर दिवसको दिन सरकारले सार्वजनिक विदा दिएको छ ।
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।
१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

 

तपाईंको बिचार