Sunday, November 17, 2019

प्रधानमन्त्रीले अलिकति पनि लोकलाज राखे हुन्थ्यो :बिश्वप्रकास शर्मा

प्रकाशित मिति: 2019/05/03

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनाव क्षेत्रमा बजेट पार्न भन्दै राष्ट्रिय योजना आयोगलाई योजनाहरुको सूची थमाएकोमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देशको प्रधानमन्त्रीले दमकको मेयरको जस्तै व्यवहार देखाएको टिप्पणी गरेका छन् । शर्माले भने, ‘१६५ निर्वाचन क्षेत्र पनि सम्झनुभएन, झापाको अरु क्षेत्र पनि सम्झनुभएन । आफ्ना क्षेत्रका लागि आयोजनाको सूची थमाउनुभयो ।’
‘प्रधानमन्त्री कार्यालयकै लेटरप्याड प्रयोग गरेर आयोजनाको सूची थमाएपछि योजना आयोगको कुन सदस्यले काट्ने हिम्मत गर्ला ?’ शर्माले प्रतिप्रश्न गरे ।

संसारकै अग्लो बुद्धको मूर्ति बनाउने कुरा आयो । त्यो उहाँलाई आफ्नै क्षेत्रमा चाहियो । झापाकै काँकडभिट्टामा राखेको भए के बिग्रन्थ्यो ? दमक नगरपालिकामा मात्रै ५ हजार सुकुम्बासी छन् । उनीहरुको दुई तिहाई भोट पनि उहाँले नै पाउनुभयो थियो । तर, उनीहरुलाई थोरै जमिन र छानो दिने योजना प्रधानमन्त्रीको प्राथमिकतामा परेन । सुकुम्बासीहरुले परैबाट देखिने गरी दमकमा भ्यू टावर बनाउन लाग्नु भएको छ । के त्यो टावरबाट सुकुम्बासीको करङ गन्ने ? शर्माको प्रश्न थियो ।

 

तपाईंको बिचार