Thursday, November 14, 2019

शनिबार सम्म मौसम बदली हुने मौसम बिभागको भनाई

प्रकाशित मिति: 2019/05/03

बैशाख २०, काठमाण्डौ । पश्चिमी वायुको प्रभावले शुक्रबार बिहानदेखि सुरू भएको हावाहुरी र वर्षा शनिबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
राजधानी काठमाडौं लगायत देशका मध्य र पूर्वी भागमा   हल्का पानी परिरहेको छ ।
महाशाखाका मोसमविद् राजु प्रधानाङ्गले शनिबारसम्मै वर्षा हुने संभावना रहेको बताए । मेघ गर्जनसहित केही स्थानमा भारी वर्षा र केही ठाउँमा हल्का वर्षा हुने तथा हावाहुरी चल्ने भएकोले सचेत हुनुपर्ने उनको भनाइ छ ।

‘ 

तपाईंको बिचार