Thursday, May 23, 2019

सभामुखको रुलिङ नमान्ने, प्रधानमन्त्रीले मिठा कुरा मात्रै गर्ने ? :लक्ष्मणलाल कर्ण

प्रकाशित मिति: 2019/05/05

२२ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले प्रतिवेदन सार्वजनिक गर्न सभामुखको  रुलिङ कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराए ।
‘संविधान संशोधनको कुरा पटक पटक उठाइराखेका छौं । लिखित र मौखिकअनुसार गरिरहेका छौं । मधेस तथा थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा अहिले पनि फिर्ता भएन । सरकारका कारण निर्दोष व्यक्ति जेलमा छन, उनले भने, ‘लाल आयोगको प्रतिवेदन जनसमक्ष आउनुर्पयो ।’

प्रधानमन्त्रीलाई भेट्दा यो कुनै सुन चोरी होइन, जसलाई अलमारीमा ताल्चा लगाएर राखिन्छ भन्दै मिठो कुरा गरेको, तर प्रतिवेदन सार्वजनिक नभएको उनले बताए । उनले भने, ‘म फेरि आज सम्झाउन चाहन्छु, संसदको मर्यादा राख्नुर्पयो ।’
आफ्नो रुलिङ पालना गराउने जिम्मेवारी सभामुखको पनि भएको भन्दै उनले भने, ‘सभामुखले गरेको रुलिङ सरकारले मान्छ कि मान्दैन ?’

तपाईंको बिचार