Friday, July 19, 2019

सरकारको नीति कार्यक्रम बकमफूसे र उडन्ते, पुँजी बृद्धि गर्ने तरिका थाहै छैन :देउवा

प्रकाशित मिति: 2019/05/05

२२ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा बकमफूसे र उडन्ते कार्यक्रमहरु राखिएको टिप्पणी गरेको छ ।
नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले लहडमा कार्यक्रमहरु प्रस्ताव गरिएको बताए । उनले आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको आरोप लगाए ।
न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएको भन्दै उनले भने, ‘यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो बकम्फूसे दाबी गरेको छ ।’
भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै उनले यो अनुदानमा मात्र बन्नुपर्ने बताए । भारतमा प्रस्तावित एउटा जलमार्गका लागि १११ करोड लाग्ने भएपनि सरकारले पानी जहाज आइसके झै गरेर पानी जहाज कार्यालय खोलेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।
राणाको पालादेखि नै चलेको स्टिमरलाई नयाँ आविस्कारका रुपमा प्रचार गरेको उनको आरोप छ । उनले वर्तमान सरकारसँग पूँजी कसरी बृद्धि गर्ने भन्ने ज्ञान र सिप नै नभएको दाबी समेत गरेका छन् ।

 

तपाईंको बिचार