Thursday, November 14, 2019

नयाँ शक्ति र फोरमबिच एकता, बैकल्पीक राजनीतिक शक्ति भएको दाबी

प्रकाशित मिति: 2019/05/06

२३ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् ।

दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ, जसको घोषणा सभा अहिले चलिरहेको छ ।
सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबेँदे सहमतिमा हस्ताक्षर गरेका छन् । ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादलाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।

तपाईंको बिचार