Friday, July 19, 2019

बढ्दो औधोगिक प्रदुषणका कारण १० लाख जिब लोप हुने खतरामा

प्रकाशित मिति: 2019/05/07

बैशाख २४, काठमाण्डौ । पृथ्वीका झन्डै १० लाख जीव लोप हुने खतरामा पुगेको वैज्ञानिकहरूले चेतावनी दिएका छन ।

सोमबार सार्वजनिक भएको राष्ट्रसंघीय प्रतिवेदनमा मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकासले प्राकृतिक दुनियाँमा पारेको प्रभाव र आर्थिक वृद्धिको मुर्खतापूर्ण खोजीले ती जीवको अस्तित्व खतरामा पुगेको उल्लेख गरिएको छ ।
वैज्ञानिकहरूले संसारभरका सरकार र व्यावसायिक घरानालाई पृथ्वीको जैविक प्रणालीलाई जोगाउनका लागि आफ्ना निहित स्वार्थ त्याग्न आग्रह गरेका छन ।
‘यदि हामी हाम्रा सन्तान र दरसन्तानलाई मानवीय क्रियाकलापले थिलोथिलो नभएको पृथ्वी दिन चाहन्छौं भने त्यसका लागि काम गर्ने बेला अहिले नै हो,’ उक्त अध्ययनको नेतृत्व गरेका रोवर्ट वाटसनले भने, ‘यदि हामीले अहिले काम गरेनौं भने डोडो (एक प्रकारको चरा) जस्तै लाखौं जीव लोप हुनेछन ।’

अमेरिका, रूस र चीनलगायत १३० देशका अधिकारी इन्टर गभर्नमेन्टल साइन्स पोलिसी प्ल्याटर्फम अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टम सर्भिसेजले उक्त प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदनमा ८० लाख प्रजातिका रूखविरूवा, किरा फट्यांग्रा र जनावरहरूमध्ये १० लाख लोप हुने खतरामा छन । तीमध्ये केही त एक दशकभित्र लोप हुन सक्छन ।
औद्योगीक खेतीपाती र माछा मार्ने कामले जीव लोप हुने सम्भावनालाई १ करोड वर्षअघिको भन्दा हजारौं गुणा बढाइदिएको प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी मूल्यांकनअनुसार २५ प्रतिशत जीवजन्तु र रुखबिरुवा जोखिममा छन् । सन् २०१४ मा ३ प्रतिशत समुद्र मात्र मानव दबाबमुक्त छ। माछा हालसम्मकै जोखिमको अवस्थामा छन् भने प्रदूषण तीव्र रूपमा बढिरहेको छ।

कोइला बाल्दा, फोसिल फ्युल निकाल्दा निस्कने र तेल र ग्यासले भइरहेको जलवायु परिवर्तनले धेरै जीवजन्तु मर्ने क्रम बढाएको छ । 
 

तपाईंको बिचार