Tuesday, May 21, 2019

अमेरिकी बिदेशमन्त्री पोम्पेओ ईराकमा, नागरिकको सुरक्षाबारे चासो

प्रकाशित मिति: 2019/05/08

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ मंगलबार अचानक इराकको राजधानी बग्दाद पुगेका छन ।

पूर्वजानकारी बिना भएको उक्त भ्रमणका क्रममा पोम्पेओले इराकी राष्ट्रपति बह्राम सलिह, प्रधानमन्त्री अदेल अब्दुल माहदीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन ।
भेटका क्रममा उनले छिमेकी इरानबाट इराकमा रहेका अमेरिकीहरूलाई हुनसक्ने सम्भावित  सुरक्षा खतराबारे कुराकानी गरेको बताइएको छ ।
मध्यपुर्वमा रहेका अमेरिकी सैन्य अखडामा इरानले गर्न सक्ने सम्भावित आक्रमणको प्रतिवाद गर्न भन्दै अमेरिकाले केही दिनअघि त्यो क्षेत्रमा युद्धपोत पठाएको थियो ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उक्त क्षेत्रमा रहेका अमेरिकी, उसको स्वार्थ र सहयोगी राष्ट्रमाथि कुनै प्रकारको आक्रमण भए त्यसको जवाफ फर्काउने स्पष्ट सन्देश इरानलाई दिन युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुप र एउटा बम्बर टास्कफोर्स पठाइएको बताएका छन ।
पछिल्ला महिनाहरूमा इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले प्रतिबन्ध बढाएर इरानियन रिभोलसनरी गार्ड क्रप्सलाई आतंककारीको दर्जामा राखेपछि अमेरिका र इरान सम्बन्ध तनावपूर्ण भएको छ।  
उनले इराकमा रहेका अमेरिकीलाई हुनसक्ने खतराबारे इराकलाई जानकारी गराउन आफू बग्दाद आएको बताए ।

तपाईंको बिचार