Tuesday, May 21, 2019

पार्टी एकताको असर :बाबुराम समुहका केही नेता नेकपा प्रवेश गर्दै

प्रकाशित मिति: 2019/05/08

२५ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका नेताहरु असन्तुष्ट बनेका छन् ।

असन्तुष्ट समूहले बुधबार भेला गरेका छन्, जहाँ पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए ।

भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् । उनीहरुले नेतृत्वलाई वैकल्पिक राजनीति भविष्य के हुन्छ भन्ने प्रश्न समेत गरेका छन् ।
स्रोतका अनुसार असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी छ ।
नेकपाले बुधबार अपराह्न नै प्रचण्डको उपस्थितिमा ‘विशेष कार्यक्रम’ राखेको छ । स्रोतका अनुसार पूर्वसभासद धमलासहितका नयाँ शक्तिका नेताहरुलाई स्वागत गर्ने तयारी छ । त्यसलाई स्वीकार गर्दै नेकपाका एक नेता भन्छन, ‘साथीहरुसँग कुराकानी भइरहेको छ । एउटा सहमति गरेर स्वागत गर्छौं ।’

तपाईंको बिचार