Sunday, November 17, 2019

गौतमबुद्ध बिमानस्थलको काम रोकिएपछि ७० करोड रकमान्तर

प्रकाशित मिति: 2019/05/13

३० वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिएपछि रकम निकासा गर्ने भएको छ । अर्थ मन्त्रालयले ७० करोड रकमान्तरका लागि स्वीकृति दिएको हो ।

अब संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रोकिएको आयोजनाको रकम निकासाको फाइल एशियाली विकास बैंक(एडीबी)मा पठाउने बाटो खुलेको छ । आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइतबारबाट रोकिएको हो ।ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले भइसकेको कामको पनि भुक्तानी नपाएको भन्दै काम रोकेको थियो । कम्पनीलाई नगद प्रवाहमा समस्या भएपछि काम रोकेको हो ।

लामो समयदेखि भइसकेको कामको भुक्तानीका लागि आयोजनाले संस्कृति पर्यटन तथा नागरिक उड्यनन मन्त्रालयमा ताकता गरेको थियो । भुक्तानीका लागि मन्त्रालयले फाइल बेलैमा एसियाली विकास बैंकमा फाइल नपठाउँदा ठेकदारले समयमा भुक्तानी नपाएको हो ।
हालसम्म आयोजनाको धावनामार्गको अन्तिम चरणको कालोपत्रे हुँदैछ । अब ५ सय मिटर मात्रै बाँकी रहँदा निर्माण नै रोकिएको छ । सरकारले सन् २०१९ भित्रै यो विमानस्थल निर्माण गरेर सञ्चालन गर्ने  बताएको छ ।

 

तपाईंको बिचार