Monday, September 23, 2019

अचम्म नमाने हुन्छ, हामी जिबित छँदै रेल आउँछ :प्रचण्ड

प्रकाशित मिति: 2019/05/13

३० वैशाख, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चीनको ल्हासाबाट केही वर्षभित्रै रेल काठमाडौं आउने दावी गरेका छन् । उक्त रेललाई लुम्बिनी र पोखरासम्म र्पुयाउने उनले बताए ।

राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई सोमबार बिहान प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदारहँदै रेल आउँछ ।’
ल्हासाबाट काठमाडौं रेल ल्याउने कुरा सुरुमा सपना जस्तो लागे पनि अब त्यो विपनामा परिणत हुन लागेको उनले बताए ।

आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको जानकारी दिँदै प्रचण्डले अहिले त्यो सपना साकार हुन लागेको बताए ।
प्रचण्डले नेपालका शक्तिपीठहरु र नेपाल भारतका शक्तिपीठहरुलाई पनि जोडेर सर्किट बनाउन सकिए धार्मिक पर्यटनको विकासमा क्रान्ति नै आउने दावी गरे ।

 

तपाईंको बिचार