Tuesday, December 10, 2019

प्रतिबन्धीत १६ लाख भारुसहित ५ नेपाली पक्राउ

प्रकाशित मिति: 2019/05/13

३० वैशाख, काठमाडौं । भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो ।
परिसरका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई गएराति पक्राउ गरिएको पुष्टि गरे ।
उनीहरुले कहाँबाट र के प्रायोजनका लागि ती नोट ल्याए भन्ने खुल्न सकेको छैन । थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले बतायो ।

तपाईंको बिचार