Tuesday, May 21, 2019

मापसे जाँचको सफलतापछि अब लापसे जाँच सुरु

प्रकाशित मिति: 2019/05/14

३१ वैशाख, जनकपुरधाम ।  मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गरेर स्याबासी पाएको ट्राफिकले अब लागुपदार्थ सेवन (लापसे) जाँच अभियान सुरु गरेको छ ।  

प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको हो ।
मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको बताईएको छ ।
बारामा ५३ जना र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरिएको छ । यस क्रममा दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई दिनभर नियन्त्रणमा लिई जरिवाना तिराएर आगामी दिनमा यस्तो नगर्न सचेत गराएर छाडिएको छ । लापसे जाँच अभियान केही दिनभित्रै प्रदेशका आठ वटै जिल्लामा विस्तार गरिनेछ ।
 

तपाईंको बिचार