Thursday, July 18, 2019

कांग्रेस भन्छ : बिबादित विधेयक फिर्ता नगरे सदन र सडकबाट प्रतिबाद गर्छौ

प्रकाशित मिति: 2019/05/15

१ जेठ काठमाण्डौ । नेपाली कांग्रेसले संसदमा दर्ता भएका तीन वटा विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।

संविधानका प्रावधानविपरीत हुने विधेयकहरू सरकारले सदनमा लगेको भन्दै कांग्रेसले विवादित बनेका ती सबै विधेयक फिर्ता लिन आग्रह गरेको हो ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारले विधेयकहरू फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण  खाँणले जानकारी दिए ।  

सरकारले सदनमा लगेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार, मिडिया काउन्सिल र मानव अधिकारसम्बन्धी विधेयक संविधानको मर्म र भावना विपरीत भएकोले फिर्ता गर्न कांग्रेसले माग गरेको उनले बताए ।

 स्वतन्त्र पत्रकारिता र लोकतन्त्र एकै सिक्काका दुई पाटा भएको भन्दै खाँणले कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव रहेको उल्लेख गरे ।

  

तपाईंको बिचार