Saturday, August 24, 2019

लायन्स क्लबको सेकेण्ड भाईस गर्भनरमा पाण्डे निर्वाचित

प्रकाशित मिति: 2019/05/17

जेठ ३, काठमाण्डौ । बरिष्ठ पर्यटन व्यावसायी केशब पाण्डे लायन्स क्लबको बर्ष २०१९,२० को लागि लायन्स सेकेण्ड भाईस गर्भनरमा चुनिएका छन ।

विश्वकै सबै भन्दा ठूलो स्वयंसेवि सामाजिक संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ए२ को हालै सम्पन्न महाअधिवेशनबाट पाण्डे भाईस गर्भनरमा चुनिएका हुन ।
पाण्डेले आफुलाई लायन्स सदस्यको रुपमा साथ सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यबाद दिदै आगामी दिनमा लायन्सको गरिमालाई उँचो राख्ने गरी काम गर्ने गन्तव्य नेपाललाई बताए ।

तपाईंको बिचार