Saturday, August 24, 2019

रोकियो धरहरा निर्माण, स्थानिय भन्छन,–‘ पैदलमार्ग खै ?’

प्रकाशित मिति: 2019/05/17

३ जेठ, काठमाडौं । भुकम्पपछि निर्माण सुरु भएको धरहरा निर्माणको प्रक्रिया चलिरहेका बेला काम अवरुद्ध भएको छ । स्थानीय वासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको हो । पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्ने लगायतका माग राखेरस्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको हो ।

धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए । धरहरा निर्माणको काम करिब १३ प्रतिशत सकिएको छ ।
स्थानीयले अवरुद्ध पारेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो । धराहरा निर्माण प्रोजेक्टका म्यानेजर श्रेष्ठले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएकाले काम बन्द भएको बताए ।
स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवात जावतका लागि सहज बनाउन पैदलमार्ग खुलाउनुपर्ने माग गद्रै आएका थिए । उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा 
धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग छलफल भइरहेको र शुक्रबार नै निर्णय हुने पनि जनाएको छ ।

तपाईंको बिचार