Thursday, June 20, 2019

हिमालयन योग एकेडमीको औपचारिक शुभारम्भ

प्रकाशित मिति: 2019/05/19

जेठ ५, काठमाण्डौ । हिमालयन योग एकेडेमी को समुद्घाटन एवं “योगको वैज्ञानिक प्रयोग“ नामक पुस्तकको विमोचन गरिएको छ । 

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको उक्त बिमोचन कार्यक्र स्वास्थ  रहन मात्रै नभइ जीवनको मूल्य मान्यता र कर्मको महत्व बुझ्न पनि योगको महत्व झनै बढेको  बताए ।
व्यस्त जिबनशैलीमा योग अपरिहार्य रहेको उनले बताए ।
त्रिभुवन विश्वविद्यालयका मानबिकी एवं सामाजिक संकायका डीन प्रा.डा. शिव प्रासाद भुसाल र संस्कृत विभाग का प्रमुख प्रा. डा. नारायण प्रसाद गौतमलाई विश्वविद्यालयको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो  ।
उक्त कार्यक्रमको स्वागत मन्तव्य एकेडेमी का प्रमुख योगाचार्य सुबोध सिम्खडाले गरेका थिए भने पूर्व स्थानीय मन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्बोधन गरेका थिए ।

तपाईंको बिचार