Tuesday, June 25, 2019

ककनीमा बोगटीको सम्झनामा कृषि प्रदर्शनी सुरु

प्रकाशित मिति: 2019/05/19

नुवाकोट । ककनीमा शनिबारदेखि ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ शुरु भएको छ । मेलाको उद्घाटन गर्दै प्रचण्डले मुलुकको समृद्धिको मुख्य आधार कृषि भएकाले यसलाई आकर्षक पेशाका रुपमा स्थापित गर्नुपर्ने बताए । 

पाँच दिनसम्म चल्ने मेलाको कृषिलाई राजनीतिमा जोडेर समाज रुपान्तरणका लागि किसानको नेता बोगटीको सपना पूरा गर्नका लागि मेला सान्दर्भिक बनेको बताए ।  
ककनी गाउँपालिकाको रानीपौवा बजारमा आयोजित मेलाको पहिलो दिन पूर्वमन्त्री जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलगायतका जनप्रतिनिधिले अवलोकन गरेका छन् । मेलामा ९० वटा स्टल राखिएका छन् । स्थानीय कृषि उत्पादन, कृषि सामग्री र कृषि परामर्श केन्द्रका लागि निःशुल्क स्टल उपलब्ध गराइएको आयोजकले जानकारी दिएको छ ।

तपाईंको बिचार