Tuesday, June 25, 2019

प्रदेश ५ मा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा बृद्धि

प्रकाशित मिति: 2019/05/19

५ जेठ, बर्दिया । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक निरन्तर लागिरहे पनि प्रदेश ५ मा सवारी दुर्घटना बढेकै छ । 

पछिल्लो नौ महिनाको अवधीमा ४ सय ९६ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा साना तथा ठूला सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।
प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै दुर्घटना भएको छ । प्रहरीका अनुसार, चालू आर्थिक वर्षको ९ महिनामा १ सय ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ८४ पुरुष, ९ महिला छन् । रुपन्देहीका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ७ बालक र ३ बालिकाको पनि  मृत्यु भएको छ । दुर्घटनामा १ सय ५९ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केही घर फर्के पनि कतिपय अझै उपचाररत रहेको प्रहरीले जनाएको छ ।

 

  

तपाईंको बिचार