Tuesday, October 22, 2019

५ दिनभित्र कम्पनीमा दर्ता हुन यातायात समितिलाई महासंघको अल्टिमेटम

प्रकाशित मिति: 2019/05/19

५ जेठ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासंघका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासंघले आग्रह गरेको हो ।
महासंघले आज सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १ (क) अनुसार कम्पनी दर्ता गर्न महासंघमा आवद्ध यातायात व्यवसायीलाई आग्रह गरेको छ ।
महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासंघबीच भएको सहमतिअनुसार सबै यातायात समिति कम्पनीमा दर्ता हुनुपर्ने बताए ।

‘पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासङ्घले लिँदैन’, उनले भने ।
 

तपाईंको बिचार