Tuesday, June 25, 2019

पैसा निकाल्न अब नेपाली भाषामा एटिएम

प्रकाशित मिति: 2019/05/21

७ जेठ, काठमाडौं । पैसा झिक्नका लागि प्रयोग हुने एटिएम अब नेपाली भाषामा पनि प्रयोग हुने भएको छ । नेपाली भाषा प्रयोग गरी एटिएम चलाउन सकिने व्यवस्था गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । 

तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ अनुसार कारवाही गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
विज्ञान प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटिएम मेसिन सञ्चालनमा ल्याएका हुन् ।  
नेपाल राष्ट्र बैंकका अनुसार देशभर ४० लाख ७१ हजारले नियमित रुपमा एटिएम कार्ड प्रयोग गर्छन । कूल ५९ लाख ६० हजारले एटिएम कार्ड लिएका छन् ।  

तपाईंको बिचार