Sunday, October 20, 2019

एक दिनमै सेयर सेटलमेन्ट गर्ने धितोपत्र बोर्डको प्रश्ताब

प्रकाशित मिति: 2019/05/21

७ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्रीको सेटलमेन्ट एक दिनमा सम्पन्न गर्ने प्रस्ताव गरेको छ । प्रस्ताव कार्यान्वयनमा आए लगानीकर्तासँग नगद साथमा नभए सेयर खरिद गर्न सकिने छैन ।
अहिले सेयर खरिद बिक्रीको सेटलमेन्ट तीन दिनमा हुने गरेको छ । अर्थमन्त्रालयको सहमतिमा धितोपत्र बोर्डले यसलाई एक दिनमा झार्ने प्रस्ताव अघि सारेको स्रोतले बतायो ।
हाल ‘टी प्लस थ्री’ रहेको सेटलमेन्ट प्रक्रियालाई ‘टी प्लस वान’ मा झार्ने विषयमा छलफल गर्न धितोपत्र बोर्डले नेप्सेलाई केही समयअघि पत्र लेखेको थियो । बोर्डको पत्रका आधारमा अध्यययन गर्न नेप्सेले बनाएको एक समितिले सो सम्बन्धमा छलफल सुरु गरेको हो ।

लगानीकर्ताका प्रतिनिधिले नेप्सेको अनलाइन प्रणालीमा लगानीकर्ता अभ्यस्त भइनसकेकाले तत्काल एकै दिनको सेटलमेन्टले बजार प्रभावित बन्ने धारणा राखेका थिए ।
सोही पत्रको आधारमा नेप्सेले सीडीएससी एण्ड क्लेयरिङ र लगानीकर्तासँग छलफल पनि सुरु गरिसकेको छ । सोमबार नेप्सेमा भएको त्रिपक्षीय बैठकमा एक दिनमा कसरी सेटलमेन्ट गर्न सकिन्छ भन्नेबारे गहन छलफल भएको स्रोतले बतायो ।
 

तपाईंको बिचार