Sunday, October 20, 2019

मिडिया काउन्सील बिद्येयक कुनै हालतमा पास हुन दिदैनौ :कांग्रेस

प्रकाशित मिति: 2019/05/22

 ८ जेठ, काठमाडौं   नेपाली कांग्रेसले मिडिया काउन्सील बिद्येयक कुनै हालतमा पास हुन नदिने बताएको छ । सरकारले राज्य नियन्त्रित प्रेस बनाउन खोजेको भन्दै संसदमा प्रवेश नै नगराउन माग गरेको छ ।

संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताइन् ।
गलत नियतका साथ विधेयक आएको भन्दै उनले भनिन, ‘सरकारलाई शक्तिको भोक जागेको छ, राज्य नियन्त्रित प्रेस बनाउन खोजेको छ ।’
उनले विधेयकलाई संसदको प्रक्रियामा नै नल्याउन माग गरेकी छन् । उनले अघि भनिन ‘यो विधेयकलाई लोकतन्त्रले बुझ्दैन, हामी पढ्न चाहनौं ।’ उनले मानवअधिकार आयोगसम्बन्धी विधेयकको पनि विरोध गरेकी छन् ।

तपाईंको बिचार