Sunday, October 20, 2019

सुपर त्रिशुली राफ्टिङको संभाव्यता परिक्षण सफल

प्रकाशित मिति: 2019/05/22

जेठ ८, नुवाकोट । रसुवा पहिरीबेसीदेखी भैसेसम्मको त्रिशुली नदीमा र्याफ्टिङ सहितको जलयात्रा पर्यटन परिक्षण गरीएको छ ।

मंगलबार रसुवा नुवाकोट पर्यटन समाजले रसुवा नुवाकोट सिमानामा अवस्थीत त्रिशुली नदीमा सुपर त्रिशुली राफ्टिङ आयोजना गरेको हो ।
नेपालको जलपर्यटनको प्रवद्र्धन, अध्ययन, परिक्षण र संभावनाको खोजिका लागि आयोजना गरिएको र्याफ्टिङ कार्यक्रममा सांसद, व्यावसायी, स्थानिय पत्रकार लगायत सयौं उपस्थीत थिए ।
सांसद बहादुरसिंह लामाले रसुवा नुवाकोट पर्यटन समाजले जलपर्यटन प्रवद्र्धन गर्न रसुवा नुवाकोटमा नयाँ गन्तव्यको खोजी गरेको भन्दै यसको प्रवद्र्धनमा आफुले सक्दो सहयोग गर्ने बताए ।
सांसद मोहन आचार्यले यो अभियानले रसुवा नुवाकोटमा जलपर्यटन प्रवद्र्धन गर्न आफुहरुको आँखा खोलिदिएको बताए । उनले नयाँ गन्तव्यका रुपमा यस क्षेत्रलाई लिन सकिने भन्दै आफुले सक्दो सहयोग गर्ने बताए ।
प्रदेश सांसद  प्रेम तामाङले जुनसुकै बिकासका कुरामा राजनीति हावी हुने गरेकोमा रसुवा नुवाकोट पर्यटन समाजले निस्वार्थ रुपमा जलपर्यटनको बिकासमा लागेको भन्दै धन्यबाद दिए । उनले नयाँ गन्तव्यको रुपमा रसुवा नुवाकोटको जलाधार क्षेत्रलाई प्रवद्र्धन गर्न लाग्ने बताए ।
पर्यटन बोर्डका सञ्चालक समिती सदस्य दिपक महतले राफ्टिङले आर्थिक रुपमा बिपन्न स्थानियको गरिबी हटाउन महत्वपूर्ण भुमिका खेल्ने बताउँदै पर्यटकीय पूर्वाधारको संभावना थपिएको बताए ।
उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले रसुवा नुवाकोट पर्यटन समाजले राफ्टिङ आयोजना गरेर पर्यटकीय गन्तव्यको आँखा खोलिदिएको बताए ।
गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अबिरलले पर्यटन बिकासको लागि रसुवा नुवाकोट पर्यटन समाजले नयाँ गन्तव्यको खोजी गरेको बताउँदै सबै तहतप्काबाट यसको बिकासमा लाग्नुपर्ने बताए । उनले जलपर्यटनको संभाव्यता परिक्षण सफल भएकाले आगामी दिनमा राफ्टिङका लागि रसुवा नुवाकोटको जलाधार क्षेत्रले गति लिने बताए ।
रसुवा नुवाकोट पर्यटन समाजका बरिष्ठ उपाध्यक्ष शिव लामिछानेले जलयात्रा संभाव्यता खोजीको लामो अभ्यास सफल भएको भन्दै आगामी दिनमा सबैपक्षसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

तपाईंको बिचार