Tuesday, June 25, 2019

दोस्रो अन्नपूर्ण म्याराथन जेठ २० मा

प्रकाशित मिति: 2019/05/22

काठमाडौं । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथन गर्ने भएको छ ।

आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज पत्रकार सम्मेलन गरी म्याराथन जेठ २० हुने तय भएको जानकारी दिएको हो । 
४२ सय मिटर उचाइबाट सुरु हुने म्याराथनको सुरुवात अन्नपूर्ण आधार शिविरबाट हुनेछ । त्यसपछि माछापुच्छ्र आधारशिविर हुँदै वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै १६ सय उचाइमा रहेको घान्द्रुकमा सकिने छ ।
विजेताले १ लाख ५ हजार पुरस्कार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ७५ रुपैयाँ पुरस्कार पाउँदा तेस्रोले ५५ हजार, चौथोले ११ हजार, पाँचौंले १० हजार, छैटौंले ९ हजार र सातौंले ८ हजार, आठौंले ७, नवौंले ६ र दशौँले ५ हजार रुपैयाँ पाउने छन् ।
म्याराथनमा एक सयभन्दा बढी नेपाली र विदेशी धावकहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । 

तपाईंको बिचार