Sunday, October 20, 2019

बहुउपयोगी रिठ्ठाको दाना, दम रोगदेखि माइग्रेनसम्मको उपचार

प्रकाशित मिति: 2019/05/23

जेठ ९ काठमाण्डौ । रिट्ठा प्राकृतिक उपचारमा बहुउपयोगी चिज हो । कपाललाई बलियो र कालो बनाउनका लागि यसको प्रयोग गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गर्छ ।

माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् ।
यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ । दम दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो प¥यो भने पनि खोकी लाग्न थाल्छ ।
पाँच ग्राम रिट्ठाको धूलोमा २५० मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा लाभ हुन्छ ।

दिनमा दुईतीनचोटि काँढा पिउँदा कफ ठीक हुन्छ र सास फेर्न सजिलो हुन्छ । 
 

तपाईंको बिचार