Saturday, August 24, 2019

वर्ल्ड बुक अफ रेकर्डस लन्डनद्धारा फ्लाईटेक ईन्टरनेशनल सम्मानित

प्रकाशित मिति: 2019/05/23

जेठ ९, काठमाण्डौ । काठमाडौंको पुतलिसडकमा अवस्थित फ्लाइटेक इन्टरनेसनल सम्मानित भएको छ ।

वल्र्ड बुक अफ रेकर्डस लन्डनले वल्र्ड स्ट्यान्डर्ड सर्टिफिकेट प्रदान गरी सम्मान गरेको हो ।
वरिश्ठ समाजसेवी एवम उद्धमी इन्दिरा सापकोटा ज्युको प्रमुख आतिथ्यता, श्री सागर कट्वाल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, नेपाल) एवम विशिस्ट व्यक्तीहरुको उपस्थितिमा सो कार्य सम्पन्न भएको हो ।
वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट, वर्ल्ड बुक अफ रेकर्ड्सको गुणस्तर मापन विभाग हो । कुनै पनि क्षेत्रमा विश्वस्तरिय सेवा(सुविधा दिइरहेको संस्थालाई मुल्याङ्कन पश्चात यो सर्टिफिकेट प्रदान गरिन्छ । वर्ल्ड बुक अफ रेकर्ड्स विश्वव्यापी रुपमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यसले बेलायत, अमेरिका , अष्ट्रेलिया , मोरिसस लगायत देशबाट आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ । एसिया, अफ्रिका र युरोप भर विश्वव्यापी सन्जाल मार्फत वर्ल्ड बुक अफ रेकर्ड्सले एतिहासिक सम्पदाहरु तथा सान्स्कृतिक, सामाजिक, आर्थिक एवम सांगीतिक लगायतका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्ती तथा संस्थालाई सम्मानित गर्दै आएको छ ।  
फ्लाइटेक इन्टरनेसनलले एअर होस्टेस ट्रेनिङ तथा रोजगार क्षेत्रमा गरेको उल्लेख्य योगदान एवम संस्था ब्यवस्थापनमा कार्यान्वयन गर्दै आएको अन्तरराष्ट्रिय गुणस्तर मापदन्डको आधारमा उक्त सर्टि्फिकेट प्रदान गरिएको हो । कार्यक्रममा फ्लाइटेक इन्टरनेसनलका साथै इन्टरनेसनल ईन्स्टिच्युट अफ फेशन टेक्नोलोजी ( आइ आइ एफ टि ), ग्लोबल कलेज इन्टरनेसनल तथा बाबा इन्टरनेसनल कन्सल्टेन्सीलाई पनि सो सर्टि्फिकेट प्रदान गरिएको छ । उक्त अवसरमा सम्पूर्ण संस्थाका संचालक एवम पदाधिकारीहरुलाई श्री बिरेन्द्र शर्मा (सांसद बेलायत), डा दिवाकर शुकुल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन), श्री सन्तोष शुक्ला (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स), श्री सागर कट्वाल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, नेपाल) लगायत नेपाल र बेलायत का विशिष्ट व्यक्तिहरुले बधाई ज्ञापन गर्नु भएको छ ।

तपाईंको बिचार