Saturday, August 24, 2019

गोकर्ण हाउस रेष्टुरेन्टका सञ्चालक श्रेष्ठ भन्छन,–‘ मलाई न्याय चाहियो ’

प्रकाशित मिति: 2019/05/23

जेठ ९, काठमाडौं । पर्यटन व्यावसायी तथा गोकर्ण हाउस रेष्टुरेन्टका सञ्चालक दिपक श्रेष्ठले आफुमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिको किटानी जाहेरी दिदा पनि अभियुक्तहरु पक्राउ नपरेको भन्दै आपत्ति जनाएका छन ।
बैशाख २५ गते मंगलबार बिहान ८ बजे संधियार हरिबहादुर श्रेष्ठले सिमाना मिचेर घरको ढलान गर्ने तयारी गर्दै थिए । सिमाना मिचिएको बारे दिपकले पटकपटक हरीबहादुरलाई सम्झाएका पनि हुन, तर हरीबहादुर र उनका पिता रामबहादुर श्रेष्ठले पेलेर जाने निति लिएपछि पिडित दिपक वडा कार्यलयमा वडा सदस्य शम्भु बिष्टलाई भेट्न पुगे ।
वडा सदस्य शम्भुले जनप्रतिनिधीको हिसाबले मिलाउनुको साटो उल्टो अपशब्द बोल्दै गर्दा संधियार हरिबहादुर र उनका पिता रामबहादुर समेत थपिए । अनि सुरु भयो दिपकमाथि त्रिपक्षिय आक्रमण ।
वडा सदस्य र बाबुछोरा समेतले आक्रमण गरेपछि हालसम्म पनि उनी उपचाररत छन ।
आफुमाथि त्रिपक्षीय आक्रमण भएको र न्याय चाहियो भन्दै प्रहरी परिसर बौद्धमा दिपकले तिनैजना बिरुद्ध कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएका छन । तर घटना भएको १६ दिन बितिसक्दा पनि पिडकहरुलाई कारबाही नगरि आफुलाई अन्यायमा पारिएको भन्दै दिपकले दुखेसो पोखे ।
उनको प्रश्न छ,‘ बिधीको शासनको कुरा गर्ने अनि किटानी जाहेरी दिदा पनि छानबिन नहुने स्थीति किन ?’
सम्बद्ध सरोकारवाला र प्रहरीले चाँडोभन्दा चाँडो अभियुक्तहरुलाई कठघरामा उभ्याएर आफुलाई न्याय दिलाईदिन उनले आग्रह गरेका छन ।

 

तपाईंको बिचार