Sunday, October 20, 2019

शर्ट च्यात्ने तारकेश्वरकी तारादेबीलाई कारबाहीको माग गर्दै कर्मचारी आन्दोलित

प्रकाशित मिति: 2019/05/24

जेठ १०, नुवाकोट । नुवाकोटको तार्केश्वर गाँउपालिकाको उपाध्यक्ष तारादेवी रिमालले आफूले भनेका योजनाको लागी बजेट नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल माथी बिहीबार कार्यकक्षमै हातपात गरेकी छिन् । 

उनले आफूले भनेको ठाँउका योजनाको लागी बजेट दिन नमानेको भन्दै बिहीबार अपरान्ह चार बजेतिर प्रमुख प्रशासकीय अधिकृत दाहालको कार्यकक्ष स्थित उहाँ बसेको कुर्चीमै पुगेर कठालो समातेर कुटपिट गरेकी हुन् । उनले कठालो समातेर लछार पछार गरेर दाहालको शर्ट नै च्यातिदिएपछि तारादेबी रिमालको अमानबिय हर्कतप्रति सर्बत्र बिरोध भएको छ । गाँउपालिकाका कर्मचारीहरुले आफुहरुको नेतृत्वको मानमर्दन गर्ने गरी आक्रमण गरिएकाले काम गर्ने उपयुक्त बातावरण तयार नभएसम्म कार्यालय बन्द गरी बिरोधमा उत्रिएका छन । गाँउपालिकाको आफ्नै कार्यकक्षमा कार्यरत रहेको अवस्थामा नियमबिपरीत कार्य गर्नका लागि अनुचित दबाब दिदै गाँउपालिकाकी उपाध्यक्ष रिमालले प्रशासकीय अधिकृत माथि हात हाल्नु निन्दनिय भएको बिज्ञप्तीमा उल्लेख छ ।

यसअघि गाँउपालिका मार्फत तर्जुमा भएका योजनाको सीमा बाहिर गएर चार वटा योजनामा  ६ लाख रुपैयाँ दिन ठाडो आदेश दिएको र उक्त योजनामा बजेट दिन नीतिगत रुपमा प्रक्रियाले नमिल्ने भनेर भनेपछि गाँउपालिकाको अध्यक्ष रमेशबहादुर वस्तीले भनेको ठाँउमा दिने, मैले भनेको ठाँउमा नदिने भन्दै सिधै कार्यकक्षमा गएर हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभएको छ ।

यसअघि पनि गाँउपालिकाको अध्यक्षले भनेको स्थानमा मात्र योजना दिने गरेको र आफूले भनेको नमानेको भन्दै थर्काउने गरेकी उनले हिजो दाहालले लगाएको कपडा नै च्यातिने गरेर हातपात गरेपछि  दाहालले न्यायको लागी उजुरी दिएका छन ।
तार्केश्वर गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएपनि उनीहरुबीचको कार्यगत एकताको अभाव हुदाँ त्यसको मारमा प्रमुख प्रशासकीय अधिकृत परेका छन् । 
नुवाकोट तारकेश्वर स्थीत जिल्ला संघसंगठनहरुले तारादेबीको यो कार्य निन्दनीय र क्रुर भएकाले अबिलम्ब कारबाही गरी काम गर्ने उपयुक्त बातावरण श्रृजना गर्न माग गरेका छन ।
गाँउपालिका अध्यक्ष रमेश वस्तीलाई तारादेबीले आफु निर्वाचित भएसँगै हस्तक्षेप गर्ने, बिकास बिरोधी कार्यहरु गर्दै आईरहेकी थिईन । सार्बजनिक रुपमै तारकेश्वर गाँउपालिकामा काम गर्ने संघसंस्थाहरुलाई गाली गर्ने , गाँउपालिकामा करोडौ पैसा छ, पैसा को जरुरत छैन भन्दै कुनै संघसंस्थालाई गाँउमा प्रवेश गर्न नदिने जस्ता अभिव्यक्ति सार्बजनिक रुपमै गर्र्दै आईरहेकी थिईन । तारकेश्वर गाँउपालिकाका महिला समुहहरुले समेत तारादेबीको यस कार्यको निन्दा गर्दै सम्पुर्ण महिलाहरुको बेईज्जत भएको भन्दै उनलाई कारबाहीमा गर्नुपर्नेमा जोडदार रुपमा माग गरेका छन ।

तपाईंको बिचार