Thursday, June 20, 2019

तातोपानी नाका सञ्चालनका लागि सडक मर्मत गरिदै

प्रकाशित मिति: 2019/05/24

१० जेठ, सिन्धुपाल्चोक । चीनले अर्को साताबाट तातोपानी नाका सञ्चालनमा ल्याउने बताइरहेका बेला नेपाली पक्षले तयारी तीव्र पारेको छ ।

बाह्रबीसे नगरपालिकाको खुर्सानीबार नजिकैको साँधी खोल्साको पुलले नाका सञ्चालनमा अवरोध गर्ने चिन्ता  बढिरहेका बेला त्यहाँ १४ मि६र लामो बेलिब्रिज जडान भएको छ ।
गत वर्षको बाढीले बाह्रबीसे नगरपालिकाको खुर्सानीबार नजिकै रहेको साँधी खेल्साको पुल बगाएर लगेको थियो ।तातोपानीनाका जोड्ने मुख्य पुल बगाएपछि सडक आवागमन प्रभावित हुँदै आएको थियो । पुल बगाएपछि अस्थायी डाइभर्सनको सहारा लिइँदै आएको थियो ।
पुल जडानसँगै सवारी आवागमन सञ्चालनमा आएको बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बेलीब्रिज जडानपछि अबखोलालाई तटबन्ध बनाएर व्यवस्थित गर्न नगरपालिकाले काम सुरु गरेको बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।
साँधी खोल्सामा पक्की पुल भने अर्काै वर्ष मात्रै निर्माण गरिने छ । पुलको डिजाइन तयार भए पनि बजेट अभावलगायत कारणले पुल निर्माणको कामले गति लिन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
तातोपानी नाका सञ्चालनको मिति नजिकिँदै गर्दा अरनिको राजमार्गका विभिन्न स्थानमा सडक मर्मत तथा स्तोरन्नतिको काम अघि पनि सँगै अघि बढाइएको डिभिजन सडक कार्यालय, दोलखाका प्रमुख धर्मेन्द्र झाले जानकारी दिए ।

तपाईंको बिचार