Thursday, June 20, 2019

६ महिनाभित्रै सगरमाथाको बास्तबिक उचाई प्राप्त हुने

प्रकाशित मिति: 2019/05/24

१० जेठ, काठमाडौं । सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली काठमाडौं फर्किएको छ ।

सगरमाथाको उचाई नाप्न सगरमाथाको चुचुरो पुगेर फर्किएको टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमा स्वागत गरिन् । उनले ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताइन् ।
सगरमाथा नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको टोली चैत ३ गते सगरमाथातर्फ प्रस्थान गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुभकामना लिएर पुगेको टोलीलाई वैशाख २८ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर (बेसक्याम्प) मै पुगेर बिदाई गरेकी थिइन् ।

तपाईंको बिचार