Tuesday, October 22, 2019

अष्ट्रेलियाको सिड्नीमा चालकरहित रेल सेवा सुरु

प्रकाशित मिति: 2019/05/26

 
जेठ १२, काठमाण्डौ । अष्ट्रेलियामा पहिलो पटक चालकरहित रेल सुरु भएको छ । सिड्नीका मुख्य क्षेत्रलाई जोड्ने रेलको कुल यात्रा ४० मिनेटको हुनेछ ।

सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतबार बिहान नेपाली समयअनुसार बिहान ७ बजेर २० उदघाटन गरिन् । रेल चढेर उदघाटन गर्दै उनले यो रेल सेवा सुरुवात गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन् ।

यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई नजिक बनाएको छ । यो रेल तोकिएको स्टेशनमा हरेक चार मिनेटमा आइपुग्छ । यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ भने एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ । पाँच वर्षको अवधिमा करिब ७.३ विलियन डलर खर्चमा यो रेल सेवा सुरु भएको बताईएको छ ।

उत्तर पश्चिम सिड्नीमा बसिरहेका र काममा जाने हजारौं नेपालीहरु पनि यस रेल सेवाबाट लाभान्वित भएका छन् । आईतबार पहिलो दिन निःशुल्क रेलसेवा सञ्चालन गरिएकाले रेलमा चढेको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लागेको थियो । 

तपाईंको बिचार