Saturday, August 24, 2019

ओली सरकारबाट केही पनि आस गर्न सकिदैन :प्रकाशमान

प्रकाशित मिति: 2019/05/26

१२ जेठ, काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट कुनै आस गर्न नसकिने बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका बोली र काम गराई संविधानको मर्मविपरित रहेको भन्दै उनले त्यसबाट संवैधानिक संकट आउने सक्ने खतरा औंल्याए ।
राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सरकारको गलत रवैयाप्रति सजग रहन र निरन्तर खबरदारी गरिरहन सबैलाई अपिल गरे ।
प्रधानमन्त्री ओलीले आफूलाई नसच्याए जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने उनले चेतावनीसमेत दिए । जनअपेक्षा धेरै भए पनि वर्तमान सरकार भाषामा मात्र सीमित रहेको भन्दै उनले अहिलेको सरकारबाट कुनै आश गर्न नसकिने बताए ।
नेता सिंहले पद ओगटेका व्यक्तिहरुले पार्टी र संगठनको काम झारा टारेजस्तो गरी गरिरहेको बताए । 
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सरकारको गतिविधिविरुद्ध अब सडकदेखि सदनसम्म सशक्त रुपमा उत्रिने बेला आएकाले एक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

तपाईंको बिचार