Saturday, August 24, 2019

विप्लब बन्दको प्रभाव :सार्वजनिक गाडी पातलो, स्कुल कलेज बन्द

प्रकाशित मिति: 2019/05/27

१३ जेठ, काठमाडौं । नेत्रबिक्रम चन्द बिप्लप नेतृत्वको नेकपा माओबादीले गरेको नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ ।

प्रहरीको गोलीबाट भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएको विरोधमा बन्द आह्वान गरेको हो ।  उपत्यकाबाहिरका जिल्लाहरुमा भने उपत्यकाको तुलनामा बढी प्रभाव देखिएको छ ।
आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरे पनि बन्दको त्रास उपत्यकामा देखिएको छ । अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन् । निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन् ।

निर्वाध रुपमा सवारी नचल्दा बिहानैदेखि जनजीवन प्रभावित भएको छ ।  सीमित मात्रामा चलेका सवारी साधनमा कोचिएर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् ।

तपाईंको बिचार