Sunday, October 20, 2019

तातोपानी नाकाबाट सामान लिन चिन लागे कन्टेनर, औपचारिक उद्घाटन भोली

प्रकाशित मिति: 2019/05/28

जेठ १४, काठमाण्डौ । चिनसँगको सिमानाका तातोपानी सञ्चालनमा आएको छ ।

२०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको नाका मर्मतसम्भार गरिएसँगै सामान लिन कन्टेनर चीन गएका छन ।
तातोपानी नाका भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले ती कन्टेरनबाट भोलि (बुधबार) नाका हुँदै ऊन भित्रिने जानकारी दिए ।   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको उपस्थितिमा नाका पुनः सञ्चालन  कार्यक्रम हुने बस्नेतले जानकारी दिए ।
‘भोलि ११ बजेदेखि नाका सञ्चालन हुनेछ, नाका सञ्चालनपछि सुनसान बनेको तातोपानी नाकामा चहलपहल बढ्नेछ’ उनले बताए ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसारका नाका पुनः सञ्चालन भए पनि नागरिकको आवातजावात भने हुनेछैन ।

चिनियाँ राजदूत होउ यानछीले  चीनतिरको बस्ती भूकम्पपछि निकै जोखिममा परेकाले सारिएको र अहिले पनि जोखिम कायमै रहेकाले आमनागरिकले भने तत्कालै नाका प्रयोग गर्न नसक्ने स्पष्ट पारिन ।
२०७२ वैशाख १२ को भूकम्पपछि कोदारी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको थियो ।त्यसपछि रसुवाको केरूङ नाकाबाटमात्र चीनमा सामान आयात निर्यात भइरहेको थियो ।

तपाईंको बिचार