Saturday, August 24, 2019

आलोपालो प्रधानमन्त्री बन्ने कुरा अमर्यादित :मोहन बैद्य

प्रकाशित मिति: 2019/05/31

१७ जेठ, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका छन् ।

आलोपालो सरकारको नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच गोप्य सहमति भएको खुलासा प्रचण्डले केही दिनअघि एक टेलिभिजन कार्यक्रम मार्फत गरेका थिए । यसलाई लिएर नेकपाभित्र क्रिया प्रतिक्रिया चलिरहेको छ । यहीबीच अन्तरपार्टी मामलाबारे खासै नखुल्ने वैद्यले यसबारे टिप्पणी गरेका हुन् ।

वैद्यले संघीय सरकारले ल्याएको बजेटप्रति टिप्पणी गर्दै त्यसलाई दयनीयको संज्ञा दिएका छन् । बजेट प्रभावकारी नभएकाले यसले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा नगर्ने उनको दाबी छ ।

सरकार एकपछि अर्को गर्दै ठूला ठूला भ्रष्टाचार काण्डमा मुछिंदै गएको र वर्तमान सरकारप्रति जनमत राम्रो नदेखिएपछि आफ्ना कमजोरी ढाकछोप गर्र्ने निहित स्वार्थले मिडिया काउन्सील विधेयक ल्याइएको दाबी वैद्यको छ ।

 

तपाईंको बिचार