Sunday, August 25, 2019

बिप्लप समुहका पदम राई नेकपा प्रवेश, भन्छन, डर लागेर होइन

प्रकाशित मिति: 2019/06/02

१९ जेठ, काठमाडौं । नेकपा विप्लव समूहका नेता पदम राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
पूर्वराज्यमन्त्री समेत रहेका राईलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्रवेश गराए ।
पार्टी प्रवेशपछि राईले आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरे । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव समूहमा आवद्ध भएको, तर पछिल्लो समय पार्टीको गतिविधिले मन नछोएको बताए । हिजो सशस्त्र द्वन्द्वमा १७ हजार मान्छे गुमाएको भन्दै उनले अब फेरि त्यस्तो नहोस् भन्ने चाहेको बताए । 

 

तपाईंको बिचार