Tuesday, June 25, 2019

बर्तमान सरकार भष्ट्रचारमा चुर्लुम्म डुब्यो :देउवा

प्रकाशित मिति: 2019/06/02

१९ जेठ, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।

आइतबार भैरहवामा सञ्चारमकर्मीहरुसँग कुरा गर्दै देउवाले वाइडबडी विमान खरिद, बुढिगण्डकी जलविद्युत आयोजना, बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टचार भएको दावी गरे । विदेशी सहयोग र अनुदानबाट आउने रकम पार्टीका कार्यकर्ता पोस्ने खालका कार्यक्रम वजेटमा आउनु पनि भ्रष्टाचार नै भएको देउवाको आरोप छ ।
सरकारबाट हुने भ्रष्टाचार र गलत काम बाहिर आउन नदिन मिडिया काउन्सिल बिधेयक ल्याइएको दावी गर्दै देउवाले स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप कांग्रेसलाई सह्य नहुने बताए ।

तपाईंको बिचार