Wednesday, December 11, 2019

हिमालयन ट्राभल मार्ट जेठ २३ देखि सुरु

प्रकाशित मिति: 2019/06/04

जेठ २१, काठमाण्डौ । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जेठ २३ देखि २६ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । नेपाललाई साहसिक पर्यटनको केन्द्र र हिमालय प्रवेशद्धारको रुपमा चिनाउने उदेश्यले २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले यो मार्टको आयोजना गर्दै आइरहको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रियले पनि मार्टमा सहयोग गर्दै आएका छन् । पर्यटन बोर्डमा सोमबार पत्रकार सम्मेलन गर्दै पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट ब्राण्डिङ्ग हुँदै आईरहको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय मेलाका रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटनलाई विश्व सामु चिनाउने काम गरेको बताए । जोशीले नेपाल भ्रमण वर्षकोे सङ्घारमा आयोजना हुन लागेको मार्टले भ्रमण सफल बनाउन पनि सहयोग गर्ने बताए । 

   

तपाईंको बिचार